Hamro Sanchar

चितवनको भरतपुरमा श्रीमान् – श्रीमती मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २६ गते


चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं। २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७र२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४र२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुको बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।


प्रतिकृया दिनुहोस्