
नयाँ दिल्ली । अहिलेसम्मकै धेरै चिसो र शीतलहरका कारण भारतको दिल्ली सरकारले राज्यका सबै निजी विद्यालयहरू जनवरी १५ सम्म बन्द गर्ने सल्लाह दिएको छ । दिल्लीमा आइतबार न्यूनतम तापक्रम १।९ डिग्री सेल्सियस थियो। शनिबार भारतीय मौसम विभागले आगामी २४ देखि ४८ घण्टाका लागि रेड अलर्ट जारी गर्दै दिल्लीलगायत उत्तर भारतका धेरै ठाउँमा चिसो बढ्ने चेतावनी दिएको थियो ।
हुस्सुका कारण रेल तथा हवाई यातायात प्रभावित भएको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान विहान साढे २ बजे देखि साढे ११ बजेसम्म कुहिरोका कारण धेरै उडान रद्द गर्नुपरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म उत्तरपश्चिम भारतमा चिसोको यस्तै अवस्था जारी रहनेछ ।
चिसोका कारण बृद्धबृद्धा र मुटु रोग लागेकाहरुमा आक्रमणको जोखिम बढेको छ । फोर्टिस अस्पतालका मुटुरोग विशेषज्ञ डा। मनोज कुमारका अनुसार आजकल युवावस्थामा पनि हृदयाघातको समस्या बढ्दै गएको छ । त्यसैले सूर्योदयअघि बिहानै हिँड्नुपर्छ । उनका अनुसार पहिलेदेखि नै कुनै न कुनै प्रकारको मुटुसम्बन्धी रोग भएका व्यक्तिको विशेष ख्याल राख्नुपर्छ ।