Skip

Hamro Sanchar

परिणाम जस्तो आए पनि स्वीकार्य छ : ईश्वर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २ गते


काठमाडौं । नेकपा (एमाले)को अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पारेका छन् । आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताए । पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई थप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने भन्दै प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुने उल्लेख गरे ।

पार्टीभित्र प्रतिस्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नुहुँदैन । अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो । एमालेले प्रतिस्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्‍यो नि । प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ । हामी स्वीकार्छौं,उनले भने ।

उनले महाधिवेशन प्रतिनिधिहरूले स्वविवेक प्रयोग गर्ने भन्दै उनीहरूको मतको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।


प्रतिकृया दिनुहोस्