Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतमा ११ वटा गाडी एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


Advertisement

काठमाडौं । भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो ।

मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर आगो लागेको थियो ।

उनले भने, ‘त्यहाँ भेटिएका भग्नावशेष र अन्य अवशेषहरू शवगृहमा पठाइएको थियो। डाक्टरहरूले यसको जाँच गरे। परीक्षणपछि १३ जनाको मृत्यु भएको पुष्टि भयो ।’

प्रहरी अधिकारीले तीनवटा शवको पहिचान भइसकेको बताए, बाँकी जलेको वा आंशिक रूपमा जलेको शवको डीएनए मार्फत पहिचान गरिने बताए ।


प्रतिकृया दिनुहोस्