Hamro Sanchar

सामाखुशीस्थित एक घरमा आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २२ गते


काठमाडौं । सामाखुशी चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन पनि त्यहाँ लगिएको छ । आगलागीको कारण खुलेको छैन ।


प्रतिकृया दिनुहोस्