काठमाडौं । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा। सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन् । काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन् ।
गएको मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ ।
‘काठमाडौं बस्न डेरा–घर खोज्नै गार्हो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै लेखेका छन् ।
शुभप्रभात !🙏काठमाडौं बस्न डेरा/घर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने – कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर। pic.twitter.com/r4RZGO9q4Z
— Dr. CK Raut (@drckraut) December 27, 2022