काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकिएको बताएका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘ गठबन्धन टुट्यो हाम्रो हातमा केही रहेन ।’ देउवासँगको छलफल जारी रहेकै अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । उनले प्रचण्डले गठबन्धन विसर्जन गरेर गएको बताए । ‘उहाले गठबन्धन बालुवाटारमा विसर्जन गरेर जानुभयो’, पौडेलले भने ।