Skip

Hamro Sanchar

द भ्वाइस अफ नेपाल सिजन ४ : ग्रान्ड फिनाले आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ४ को फिनाले आज हुँदैछ । आज बेलुकी ७स्३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ ।

फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन् । प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिड्दैछन् ।

दर्शकको भोटको आधारमा विजेता घोषित गरिनेछ । साथै फिनालेमा टप १२ ट्यालेन्टहरुले नै आफ्नो प्रस्तुती दिनेछन् ।


प्रतिकृया दिनुहोस्