Skip

Hamro Sanchar

अमेरिकालाई रुसको चेतावनी : युक्रेनलाई थप हतियार नदिनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


एजेन्सी । युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइटहाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षाबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने चेतावनी दिएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो संकेत गर्दैन । मस्कोले युक्रेनले शान्तिवार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुनेछैन।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार नै वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ । ह्वाइटहाउसकी प्रवक्ता करिन जिन पियरेका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वयंले बुधबार मात्र भ्रमण कार्यक्रमबारे पुष्टि गरेका हुन् ।

पियरेले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘यो भ्रमणले युक्रेनलाई जतिसक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ।’ जेलेन्स्कीले बुधबार गरेको ट्विटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदै छु।’


प्रतिकृया दिनुहोस्