Hamro Sanchar

पौडेल प्रस्तावक र खड्को समर्थकमा देउवाले गराए संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन् । संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ । उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।


प्रतिकृया दिनुहोस्