काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । आज मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । अस्वस्थ भएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्नेबारे खुलिसकेको छैन।