काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारको परिसूचक नेप्से २७ अंकले ओर्लिएको छ । सो अंकको कमीपछि परिसूचक १८५५ अंकमा कायम भएको छ । कुल १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । बजारका सबै उपसमूह ओर्लिएका छन् ।
बैंकिङ १९, विकास बैंक ६८, फाइनान्स ४३, होटल तथा पर्यटन २५, जलविद्युत् ४०, जीवन बीमा ४०, उत्पादन ३८, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा ६७, अन्य ३२ र ब्यापार उपसमूह ४ अंक घटे । कुल २५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ५ को स्थिर रहृयो ।
इस्टर्न हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ८।२, खप्तड लघुवित्तको ६।१ तथा बुद्धभूमि हाइड्रोपावरको ४ प्रतिशत मूल्य बढ्यो । रुरु र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा कृषि विकास बैंक, रिडी पावर, नबिल बैंक, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।