काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक झन्डै ३२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ ।
आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने सुमिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ । यता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज पनि १० प्रतिशतले घट्न पुगेको छ ।