काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतले महाकाली नदिकिनारमा जबर्जस्ती सडक बनाइरहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेकोले नयाँ किसिमले सिराबाट कुरा गर्नुपर्ने बताएका छन् ।
लामिछानेले भारतको दादागिरी अब स्वीकार्य नभएको बताएका छन् । उनले नेपालको राजनीतिमा नयाँ पुस्ता आइसकेको र नयाँ पुस्तालाई भारतको दादागिरी स्वीकार्य नभएको भन्दै भारती पक्षलाई दिल्लीमा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो कि दार्चुलामा भेट्ने भन्दै प्रश्न गरेका छन् ।
साथै अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा लेख्दै रविले नेपाल भारतसामु वर्षौदेखि निरिह हुनुको कारणबारे प्रश्न पनि गरेका छन् ।