Hamro Sanchar

दोलखामा पराजयपछि एमाले जिल्ला सचिव थोकरद्वारा राजीनामा घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १९ गते


Advertisement

काठमाडौं, मंसिर १९- नेकपा एमालेका जिल्ला कमिटी सचिव हिरा थोकरले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि थोकरले सोमबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।’ थोकर मेलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् ।

गत बर्ष पुसमा भएको एमालेको जिल्ला अधिवेशनबाट लोकप्रिय मतसहित जिल्ला कमिटी सचिव बनेका थोकरले १ बर्ष नपुग्दै राजिनामा घोषणा गरेका हुन् ।

दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले हराए । जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ९९५ र शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका छन् ।

उता प्रदेशसभा–१ मा नेपाली कांग्रेका उम्मेदवार कुन्दनराज काफ्नो निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।


प्रतिकृया दिनुहोस्