Hamro Sanchar

दोलखामा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा टक्कर, कसले कति पाए ?

प्रकाशित : २०७९ मंसिर, १८ गते


Advertisement

काठमाडौं, मंसिर १८- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

ताजा अवस्थामा एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ ।

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले १८ हजार पाँच सय २९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका माओवादीका उम्मेदवार गंगा कार्कीले १८ हजार पाँच सय पाँच मत ल्याएका छन् ।

पछिल्लो समय कार्कीले सिवाकोटीसँगको मतान्तर घटाउँदै लगेका हुन् । अहिलेसम्म कालिञ्चोक, भीमेश्वर, गौरीशंकर र जिरीको मतगणना सकिएको छ ।

हाल तामाकोसी र वैतेश्वर गाउँपालिकाका वडाहरूको गणना भइरहेको छ भने मेलुङ, विगु र शैलुङ गाउँपालिकाको मतगणना बाँकी छ ।


प्रतिकृया दिनुहोस्