बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ चाकरचौडास्थित एक होटलमा भारत सिद्धार्थनगरको अलिगढवाका ३५ वर्षीया इरशाद खानमाथि गोली प्रहार भएको हो ।
खानको काँध र कम्मरमा गोली लागेको कपिलवस्तु प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिएका छन् । घाइते खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ।
प्रहरी स्रोतका अनुसार पैंसाको लेनदेनको विषयमा गोली प्रहार भएको हो । अर्कै व्यक्तिलाई ताकेको गोली खानलाई लागेको अनुमान प्रहरीले गरेको छ ।
प्रहरी कार्यालय कपिलवस्तुले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।