हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १० गते
रुपन्देही । रुपन्देही-३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंसिर २९ गते सोमबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जनाएका छन्। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा...
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।...
काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या...