Hamro Sanchar

नेपाली मूलका २ जना उम्मेदवार अमेरिकी सांसदमा निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । नेपाली मूलका २ जना उम्मेदवार अमेरिकी सांसदमा निर्वाचित भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा जित हासिल गर्दै विधानसभा सदस्य सांसद बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । डेमोक्रयाट उम्मेदवार उनी विजय भएसँगै इतिहास रच्न सफल भएकी छन् ।

उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरूको तर्फबाट भने उनी पहिलो बनेकी छन् । उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई हराएकी हुन् ।

उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म विजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन् । श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन । न्युयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।

यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा।ह्यारी भण्डारी विजयी भएका छन् । उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मत पेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ ।

उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन् । अघिल्लो कार्यकालमा गरेको कामको मूल्यांकन गर्दै मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वास गरेको उनको भनाइ छ।


प्रतिकृया दिनुहोस्