धनकुटा । भतिजले खुकुरी प्रहार गरि काकाको हत्या गरेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ गैरीगाउँमा बुधबार बिहान भतिजले काकालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
६२ वर्षीय काका भगीश्वर लिम्बूलाई ४० वर्षीय भतिज तेजबहादुर लिम्बूले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । बिहान ६:३० बजे घरमा बसिरहेका भगीश्वरलाई पछाडिबाट घााटीमा खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनामा संलग्न तेजबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा तेजबहादुर मानसिक रोगी भएको एसपी अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ ।