
काठमाडौं, असोज १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले रेबिज रोग लाग्नबाट बच्न नगरपालिका भरिका कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउने अभियान थालेको छ ।
नगरपालिकाको पशु सेवा शाखाले विश्व रेविज दिवस (सेप्टेम्बर २८ तारिख)को अवसर पारेर असोज ६ गतेदेखी एक हप्तासम्म निशुल्क घर पालुवा तथा सामुदायिक कुकुरहरुलाई रेविजविरुद्धको भ्याक्सिन लगाउन थालेको हो । उक्त कार्यक्रम अन्तर्गत मंगलबार र बुधबार (भोलि र पर्सि) वडा नम्बर ६ र ७ भित्र घर-घर पुगेर एन्टिरेबिज भ्याक्सिन लगाउने नगरपालिकाले जनाएको छ ।
वडा नम्बर ६ का वडाध्यक्ष प्रकाश फुयाल र वडा नम्बर ७ का वडाध्यक्ष भिमसेन थापाले आफ्नो घर वा समुदायमा रहेका कुकुरहरुलाई नि-शुल्क भ्याक्सिन लगाउने कार्यमा सहयोग गरिदिन वडावासीहरुलाई अनुरोध गरेका छन् ।
९ ओटा वडा रहेको नगरपालिकामा सबै वडामा खोप अभियान चलाइने नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले हाम्रो संचारलाई बताए ।