Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज एमालेले नयाँ नेतृत्व पाउने : ४-५ बजेदेखि मतदान सुरु हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


Advertisement

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। एमालेले विद्युतीय उपकरण मार्फत् मतदान गर्न लागेको हो।

नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै बनाएर चुनावी मैदानमा छन्।

प्राविधिक लक्ष्मण रिमालका अनुसार सोमबार राति एक बजे एमाले निर्वाचन आयोगले उम्मेदवारको फाइनल लिस्ट दिएको थियो।

निर्वाचन गराउने जिम्मा पाएको रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालोट सोलुसनले अहिले उम्मेदवारको फोटो कोडिङ गरिरहेको छ।

प्राविधिक रिमालका अनुसार उम्मेदवार उपकरणमा सूचीकृत गर्न अपराह्न चार बजेसम्म लाग्नेछ। त्यसपछि मतदान प्रक्रिया आरम्भ हुनेछ।  अपरान्ह ४-५ बजेदेखि मतदान सुरु हुने भएको छ । मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ।

एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २२६२ प्रतिनिधि छन् ।


प्रतिकृया दिनुहोस्