Hamro Sanchar

दसैँको टीकाको साइत सार्वजनिक, कति बजे उत्तम ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ६ गते


काठमाडौं, असोज ६- यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ । नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे बिहीबार साइत र समय निकालेको छ। नेपालमा भने असोज १९ गते ११ः५५ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

कुन देशमा कति बजे लगाउने टीका ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सदस्यसचिव लक्ष्मण पन्थीका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ ।

अमेरिकाको न्युयोर्कमा ११ः११ बजे, केन्टुकी ११ः५५ बजे, टेक्सास ११ः३५ बजे र क्यालिफोर्निया ११ः४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ । सो दिन ११ः३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ ।


प्रतिकृया दिनुहोस्