
काठमाडौं, असोज ६- कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि लगठगाँठो कस्न लागेका हुन् ।
काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले ८० वटाभन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् ।
केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए । सोही विधि अनुसार नै तामाङको विवाह असोज ७ गते पक्का भएको थियो ।