Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका-७ ले सडक मापदण्डविपरीत बनाइएका संरचना हटाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २७ गते


Advertisement

काठमाडौं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ ले सडक मापदण्डविपरीत बनाइएका संरचना हटाउने भएको छ ।

उक्त संरचना हटाउने समबन्धमा आजै सूचना प्रकाशित हुने र सरोकारवालाले सात दिनभित्र त्यस्ता संरचना नहटाए वडा कार्यालयले भत्काउने वडाध्यक्ष भिमसेन थापाले हाम्रोसंचार डटकमलाई जानकारी दिए । त्यस्तै व्यवस्थित बसपार्क, बस बिसौनि, रात्रिकालिन समयमा मुख्य सडक तथा भित्रि सडकमा पार्किङ गरि राखिएका निजी तथा सार्वजनिक, मालवाहक सवारीसाधन व्यवस्थापन गर्ने उनले बताए ।

त्यस्तै भवन निर्माण गर्दा आवश्यक सामग्री लामो समयसम्म अव्यवस्थित रूपमा सडकमा राखिएकोमा त्यसलाई हटाउने, मुख्य तथा सहायक सडकहरूको मध्य भागमा रहेको विद्युतीय पोल र सो पोलमा अव्यवस्थित रूपमा ईन्टरनेट तथा केबल प्रदायक संस्थाहरूद्वारा जडान गरिएका तर प्रयोगमा नआएका झोलिएका र चुडिएका तारहरूको उचित व्यवस्थापन गर्ने, व्यवसाय दर्ता नगरी तथा नविकरण नगरी अव्यवस्थित रूपमा संचालनमा आएका व्यवसायलाई कानूनी दायरामा ल्याई संचालन गर्ने उनले बताए ।

बसपार्क, बस बिसौनि लगायतका स्थानमा व्यापारका नाममा ठेला ल्याएर भीडभाड गर्दै अस्तव्यस्त बनाइएकोले त्यसको नियन्त्रण र अनुगमन गर्ने उनको भनाइ छ ।

सु-व्यवस्थित एवं संम्वृद्ध वडा निर्माणका लागि १०० दिनभित्र पूरा गर्ने लक्ष्यका साथ आइतबार बसेको बैठकले यस्ता निर्णयहरु गरेको हो ।

यी हुन् निर्णयहरु-

  • सडक तथा सडक पेटी अतिक्रमण गरि राखिएका अव्यवस्थित बजार, व्यवसाय, मोटरसाईकल एवं हलुका निजि तथा सार्वजनिक सवारीसाधन व्यवस्थापन गर्ने ।
  •  व्यवस्थित बसपार्क, बस बिसौनि, रात्रिकालिन समयमा मुख्य सडक तथा भित्रि सडममा पार्किङ्ग गरि राखिएका निजि सवारीसाधन, सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधन व्यवस्थापन गर्ने ।
  •  सडक मापदण्ड विपरित सडक अतिक्रमण गरि बनेका अस्थायी संरचनाहरू हटाउने ।
  • आवासिय तथा व्यवसायिक भवन निर्माणका लागि आबश्यक पर्ने निर्माण सामाग्री लाम‍ो समयसम्म अव्यवस्थित रूपमा सडकमा राखिएकोमा सोको उचित व्यवस्थापन गर्ने ।
  • मुख्य तथा सहायक सडकहरूको मध्य भागमा रहेको बिधुतीय पोल र सो पोलमा अव्यवस्थित रूपमा ईन्टरनेट तथा केबल प्रदायक संस्थाहरूद्वारा जडान गरिएका तर प्रयोगमा नआएका झोलिएका र चुडिएका तारहरूको उचित व्यवस्थापन गर्ने ।
  •  व्यवसाय दर्ता नगरी तथा नविकरण नगरी अव्यवस्थित रूपमा संचालनमा आएका व्यवसायलाई कानूनी दायरामा ल्याई संचालन गर्ने गराउने ।

प्रतिकृया दिनुहोस्