दाङ, भदौ १५- चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार घटनामा १२ जना घाइते छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको प्रहरीले बताएको छ ।