Hamro Sanchar

सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १३ गते


Advertisement

काठमाडौं, भदौ १३- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ मागेको छ ।

अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

सर्वोच्चले मेयर बालेनलाई ७ दिनभित्र लिखित पेश गर्न आदेश दिएको छ ।

उनले नक्सा पासको अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै अदालतको अवहेलना मुद्दामा अधिवक्ता दिपकराज  जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा हालेका थिए ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो । नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए ।


प्रतिकृया दिनुहोस्