Hamro Sanchar

माओवादी र एकीकृत समाजवादीबीच भयो यस्तो सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १२ गते


Advertisement

काठमाडौं, भदौ १२- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा ल्याउने भएका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको बैठकले साझा अवधारणा ल्याउने विषयमा सहमति गरेका हुन् ।

‘हाम्रो छलफल निरन्तररुपमा भइरहेको छ । आज पनि छलफल भयो,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘यसको उद्देश्य के हो र एकता संयोजक समिति किन आवश्यकता पर्‍यो भनेर साझा अवधारणापत्र भने ल्याउने छौं ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीले एकताका लागि संयोजन समिति बनाउने निर्णय गरे पनि त्यसको औपचारिकरुपमा घोषणा गरेका छैनन् ।


प्रतिकृया दिनुहोस्