काठमाडौं, काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन् ।
उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन् ।
महानगरको आज बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।
शाहले नेपाल सरकारको तर्फ बाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रुपैयाँ दिइरहेको र काठमाडौ महानगरले १० रुपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन् ।