Hamro Sanchar

नेकपा विभाजनकै कारण १५० सिट गुम्यो : घनश्याम भुसाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ९ गते


Advertisement

काठमाडौँ, भदौ ९- नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले विभाजनकै कारण १५० सिट गुमाउनुपरेको बताएका हुन् ।

उनले नेकपाको विभाजन कम्युनिष्ट पार्टीका विरुद्ध भयानक कारणका रुपमा प्रयोग भएको तथा विभाजन मुलुकको लोकतान्त्रिक स्थिरता, राष्ट्रिय हित र स्वाधिनताको रक्षाका साथै समृद्धिका विरुद्ध पनि प्रयोग भएको बताएका छन् ।

त्यस्तै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वाममोर्चा बनाउन जोड गरेका छन् । भुसालले भनेका छन्, ‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्ष तर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्ग छ ।’


प्रतिकृया दिनुहोस्