काठमाडौं, भदौ ७- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीलाई प्रतिकृया दिँदै अध्यक्ष नेपालले माओवादीसँग मिलेर जान प्रारम्भिक चरणको छलफल भएको मात्रै बताए ।
‘अहिले नेकपा माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा प्रारम्भिक चरणको कुराकानी थालेका छौ’, अध्यक्ष नेपालले भने, ‘एकताको कुरा चुनावभन्दा पहिले सम्भव छैन ।’ उनले अहिले आआफ्नो पार्टी आ-आफ्नो चुनाव चिह्नको आधारमा चुनाब लड्ने पनि बताए ।
नेकपा समाजवादी र माओवादीले एउटै घोषणापत्र बनाएर चुनाव लड्ने तयारी गरेका छन् । चुनावअघि संयोजन समिति बनाउने तयारी गरेको अध्यक्ष नेपालको भनाइ छ ।