काठमाडौं, भदौ ६- सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।