काठमाडौं, भदौ ४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन प्रस्ताव गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन् ।
यसैगरी प्रचण्डले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेलाई प्रस्ताव गरेका छन् ।
दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिवमा प्रस्ताव गरेका हुन् ।
कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव गरिएका छन् ।
प्रचण्डको प्रस्तावलाई बैठकले उनको नाम अनुमोदन गर्नेपर्ने हुन्छ ।