काठमाडौं, साउन ३१- धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
उनीहरूबीच धरानको विकाससँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए ।
यसअघि साम्पाङले आजै अर्थमन्त्री जनार्दन शर्मालाई सिंहदरबारमा भेटवार्ता गरेका थिए ।
मेयर साम्पाङ आइतबार काठमाडौं आएका हुन् ।