Hamro Sanchar

एकैदिन ९ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, २० गते


काठमाडौं, साउन २०- एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९४१ र एन्टिजेनबाट ३५५० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५२९ र एन्टिजेनबाट ३८३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३७० जना कोरोनामुक्त भएका छन् ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५७६० पुगेको छ ।


प्रतिकृया दिनुहोस्