काठमाडौं, साउन १८- सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए ।
ती नेताकाअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने छ ।
सत्ता गठबन्धनले निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागेको हो । सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्नेछ ।