Hamro Sanchar

कुवेत पुगेदेखि नै सम्पर्कबिहीन बने दुर्गाबहादुर, कहाँ छन् उनि ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १८ गते


कुवेत, साउन १८- बैदेशिक रोजगारीको शिलशिलामा ३ महिना पहिले कुवेत आएका एक नेपाली युवा सम्पर्क बिहिन भएका छन् । उदयपुर घर भएका दुर्गाबहादुर खड्का कुवेत आएदेखि नै सम्पर्क बिहिन बनेका हुन् ।

खड्का गत अप्रिल २५ तारिखमा कुवेत आएका थिए । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) भएका खड्का कुवेत आएको चौथो दिनदेखि नै सम्पर्क भएका हुन् ।

कुवेत आएको दोस्रो दिन २६ तारिखदेखि सम्बन्धित कम्पनीको डीउटी शुरु गरेका उनि २८ तारिखबाट सम्पर्क बिहिन भएका हुन् । खड्काले ३ महिना बित्दासमेत परिवार, ईस्टमित्र, आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन् ।

दुर्गाबहादुर खड्का सम्पर्क बिहिन भएको भन्दै नेपाली राजदूतावासलाई खोजीको लागि जानकारी गराएपछि निरन्तर पहल गरेको दुतावास कुवेतले बताएको छ । तर उनको बारेमा अहिलेसम्म केहि खुल्न छैन ।

रोयल ओभरसिजमार्फत कुवेत आएका खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन् ।

कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा, उनको अबस्थाको बारेमा जानकारी भए कुवेतमा शितल ठाकुर +९६५-६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का +९७७-९८१५०५३००८ र सुबास खड्कालाई ९८५१०९११९ सम्पर्क गरिदिनु हुन शितल ठाकुरले आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्