Hamro Sanchar

नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलदै, एकैदिन थपिए ९ सयभन्दा बढी, कतिले गुमाए ज्यान ?

प्रकाशित : २०७९ साउन, १८ गते


काठमाडौं, साउन १८- नेपालमा केही दिन यता तिव्र गतिमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य माप दण्डको पालना नगरेकै कारण पछिल्लो समय नेपालमा तिव्र गतिमा कोरोना संक्रमण फैलिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकै दिन नेपाल ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २ जनाको संक्रमणकै कारण मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।


प्रतिकृया दिनुहोस्