
काठमाडौं, साउन १७- पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ७६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९ जना र २ हजार ६५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५१ सय नाघेको छ ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छ ।