काठमाडौं, साउन १५- नेकपा एमालेले अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानविन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने जानकारी दिए ।
बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन विशेष समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।