Hamro Sanchar

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त, शपथ बेलुकी ५:३० बजे

प्रकाशित : २०७९ साउन, १५ गते


Advertisement

काठमाडौं, साउन १५- जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त अर्थमन्त्री शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५:३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५ बजे रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेर बेलुका ५ ३० मा शपथ गराउने अधिकारीले जनाए ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।


प्रतिकृया दिनुहोस्