Hamro Sanchar

साढे दुई करोड बीमा रकम हात पार्ने लोभमा नक्कली विवाह र हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १३ गते


Advertisement

काठमाडौ, साउन १३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा छ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा छ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो । पक्राउ पर्नेम बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् ।

आरोपीहरूले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे दुई करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको छ । उनीहरुले सवारी दुर्घटना गराएर बीमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । आरोपीहरूले ठूलो रकमको बीमा गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीको भनाइ छ ।

दुर्घटनाको केही अघि मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि इच्छाएको व्यक्ति भनेर राखिनु र मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु लगायतले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्