Hamro Sanchar

काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि….

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १३ गते


Advertisement

पोखरा, साउन १३- पोखराबाट आज बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको छ । विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका थिए ।

जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए । जहाजमा ४५ जना यात्रु थिए ।


प्रतिकृया दिनुहोस्