Hamro Sanchar

गुडिरहेको बस ट्याक्सीमाथि पल्टियो, के छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११- ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको छ ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सीमाथि पल्टिएको हो ।

बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो । बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ ।

बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो । बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना यात्रुसहित तीन जना घाइते भएका छन् । उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन् ।

बस महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जनले चलाएका थिए । घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् ।


प्रतिकृया दिनुहोस्