सल्यान, साउन ९- टिकटक बनाउदा चिप्लिएर तालमा खसेका बेदबहादुर बस्नेत अझै भेटिएका छैनन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-८ मा रहेको मिनी राराको रुपमा चिनिने कुपिण्डे तालमा खसेर बेदबहादुर मंगलबार बेपत्ता भएका हुन् ।
कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षीय बेदबहादुर टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खसेका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालय र बाबियाचौर प्रहरी पोष्टबाट खटिएका नौ जनाको प्रहरी टोलीले बेपत्ता भएका युवाको अहिले खोजी गरिरहेको जिल्ला छ ।