Hamro Sanchar

सल्लाघारी-दूधपाटी सडकखण्डको सवारी आवागमन ठप्प, रुख काट्न थालियो

प्रकाशित : २०७९ साउन, ९ गते


Advertisement

काठमाडौं, साउन ९- भक्तपुर नगरपालिका–१ च्वङगा गणेश मन्दिर जंगलस्थित सडक छेउका जोखिमयुक्त रुख काट्न थालिएको छ ।

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

डिभिजन वन कार्यालय भक्तपुरकी वन अधिकारी सुस्मिता तिमल्सिनाले आज सो क्षेत्रका जीर्ण रुख मार्किङ गरी काट्न थालिएको बताइन् ।

यस क्रममा सल्लाघारी–दूधपाटी सडकखण्ड अन्तर्गत सडकको दायाँबायाँका जोखिमयुक्त सल्ला, खरी र मसलाका रुख काट्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय भक्तपुर, च्वङगा गणेश मन्दिर संरक्षण तथा विकास समिति, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा रुख काट्न लागिएको हो ।

रुख काट्ने क्रममा सल्लाघारी–दूधपाटी सडकखण्डको सवारी आवागमन ठप्प पारिएको छ ।


प्रतिकृया दिनुहोस्