काठमाडौं, साउन ९- अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय अमर विष्टको घर पुरेको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोमा परी एक जना घाइते भएको र उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले बताएकाे छ ।