भक्तपुर, साउन ८- भक्तपुरको सल्लाघारीमा रूख ढलेर च्याप्दा तीनजनाको मृत्यु भएको छ । इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको अनुमान छ ।
रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो । साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एकजनाको मृत्यु भएको हो ।
मृतक र घाइतेहरुको नाम आउन बाँंकी नै छ ।
लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो । बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ ।
केही घाइतेहरूको अवस्था गम्भीर छ । घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ ।