Hamro Sanchar

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्दैछ : देव गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५- नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे ।

सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुखद् रहेको बताए ।

उनले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णय विपरित् भएको बताए । उनले अविलम्व एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गरे । सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्टाटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताए ।

सांसद गुरुङले एसपीपी सम्झौता पिस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको बताए ।


प्रतिकृया दिनुहोस्