Hamro Sanchar

विद्यार्थीको उपचारमा ५० प्रतिशत सहुलियत माग्दै अनेरास्ववियूले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ४ गते


Advertisement

काठमाडौं, साउन ४- नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको लागि अस्पतालमा ओपिडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित् गर्न सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा अनेरास्ववियूका पदाधिकारीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीलाई बुधबार मन्त्रालयमै ध्यानाकर्षणपत्र बुझाएको हो ।

अनेरास्ववियूले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न समेत माग गरेको छ ।

यस्तै संगठनले आफ्ना मागहरु पुरा नभए वा उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था आए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।


प्रतिकृया दिनुहोस्